काठमाडौं, साउन ६: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक फारार व्यक्तिलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।
सर्वोच्च अदालतको २०७३ कार्तिक २२ गतेको फैसलाबाट अख्तियार दुरुपयोग गरी भ्रटाचार गरेको अभियोगमा एक करोड चार लाख पचहत्तर हजार चार सय अठासी रुपैयाँ जरिवाना तोकी फरार रहेका धादिङ्ग नलाङ ३ घर भई हाल काठमाडौं बस्ने गहेन्द्र बहादुर मल्ललाई पक्राउ गरी अदालत बुझाइएको थियो ।
झण्डै दुई बर्ष देखि फरार रहेको अभियुक्त मल्ललाई ब्यूरोको टोलीले सुन्धाराबाट पक्राउ गरी फैसला कार्यन्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेसले डिल्लिबजार कारागार पाठाइएको छ ।
प्रतिवादी मल्ल समेतले बैंकका कर्मचारीहरुको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचरका नाममा कम्पनीहरुको कमसल धितोलाई अस्वभाविक मूल्यांकन गराई दुई करोड नौ लाख ५० हजार नौ सय ७६ रुपैयाँ कर्जा निकासा गरेका थिए ।
प्रतिवादी मल्ल लगाएतका व्यक्तिहरुले वदनियतपूर्ण तरिकाले आफ्नो फइदाका लागि नेपाल बैंक लिमिटेडलाई नोक्सानी पुर्याएका थिए । विशेष सुराकीका आधारमा ब्यूरोले बैंक ठगलाई कानुनको दायरामा ल्याउन सफल भएको हो।