बैंकिङ कसूर मुद्दामा संलग्न पाँच पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 20 | 08:45 pm 1778

काठमाडौं, पुस ५ः बैंकिङ कसुर मुद्दामा संलग्न रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ साबिक रतन्छा गाबिस १ हाल परिवर्तित साकेला गाउँपालिका २ घर भई हाल ललितपुर महानगरपालिका ५ लगनखेल बस्ने ३२ वर्षीय पूर्ण राई, ४० वर्षीय देवानन्द राई, धनकुटा साँगुरीगढी गाउँपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका १४ बस्ने २५ वर्षीय सन्दिप लिम्बु, काठमाडौं महानगरपालिका ९ गौशाला बस्ने ४२ वर्षीया स्मृती राना, पोखरा महानगरपालिका ९ स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरी नपा ११ सतुंगल बस्ने ३९ वर्षीय पिंकु पालिखे र विराटनगर महानगरपालिका १५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका ११ बस्ने ३७ वर्षीय अनिस सिंह सिजापती रहेका छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका १ दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी बिकास बैंक लिमिटेडको शाखा कार्यालय ललितपुर कुमारीपाटीबाट शाखा प्रवन्धकहरु लगायत पूर्ण राई समेतका बिभिन्न ऋणीहरुले मिलोमतो गरी कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरी बढी ऋण लिन सफल भई हाल सम्म सावाँ ब्याज सहित यस बैंकलाई ७ करोड ४२ लाख ६१ हजार ७ सय ४३ रुपैयां ८२ पैसा रकम नतिरी हानी नोक्सानी पुर्‍याएका थिए ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा २०७७ मंसिर २६ गते ऋणीहरु,
२०७७ पुस ५ गते महालक्ष्मी बिकास बैंक लिमिटड कुमारीपाटी शाखाका शाखा प्रवन्धक र पूर्व शाखा प्रवन्धकहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर मुद्दा शीर्षकमा आवश्यक कानूनी प्रकृया अगाडी बढाएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.