बैंकिङ कसूर मुद्दामा फरार अभियुक्तहरु पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 05 | 08:17 pm 1886

काठमाडौं, असार २१ः बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई अभियुक्तलाई ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र हाल परिवर्तित तारकेश्वर नपा वडा नं १५ का ४१ वर्षीय विश्वमर्दन बस्नेत रहेका छन् ।

बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ फागुन २१ गतेको फैसलाले राजमान सुनारलाई पाँच दिन कैद र १४ लाख ६९ हजार ६ सय ४० जरिवाना हुने ठहर भएको थियो ।

त्यस्तै बैकिङ कसुर मुद्दामै उच्च अदालत पाटनको २०७६ फागुन १८ गतेको फैसलाले विश्वमर्दन वस्नेतलाई पाँच दिन कैद र १३ लाख रुपैंया जरिवाना हुने ठहर भएको थियो ।

उल्लेखित सजाय वेरुजु रही फरार रहेका अभियुक्तहरुलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट लुकिछिपि रहेको अवस्थामा फेला पारी आज आइतबार पक्राउ गरीएको ब्यूरोले जानकारी दिएको छ ।

उक्त मुद्दा फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरो जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.