काठामाडौं, फागुन २७ः महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक गाउँपालिका- ३ घर भई हाल काठमाडौं रामकोट बस्ने ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेकी छन् ।
उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत ललितपुरले २०७८ माघ २१ गते ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
साेही क्रममा उनलाई बिहीबार सितापाईलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।