बैंकिङ कसुर मुद्दाका फरार दुईजना अभियुक्त पक्राउ

| 2021 Mar 18 | 05:55 pm 2005

काठमाडौं, चैत ५ः बैंकिङ कसुर मुद्दामा फरार दुईजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ घर भएका लाक्पा लामा रहेका छन् ।

२०७७ माघ ९ मा उच्च अदालत पाटनले महेन्द्र नारायण श्रेष्ठलाई बीस लाख जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

त्यसैगरी उच्च अदालतले लाक्पा लामालाई १० लाख ४५ हजार जरिवाना र ४ दिन जेल सजाय हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागी उनीहरुलाई अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.