बैंकिङ कसुर मुद्दाका फरार तथा रकम ठगी गर्ने प्रतिवादी पक्राउ

| 2023 May 22 | 06:52 pm 1269

काठमाडाैं, जेठ ८ः बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीख प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुली हरिहरगढी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाण्डौ म. न.पा. वडा नं. १० बस्ने  ५२ बर्षीय हेम कुमार श्रेष्ठ रहेका छन् ।

वादी नेपाल सरकार प्रतिवादी हेम कुमार श्रेष्ट भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०८०।०१।०४ गतेको फैसलाले प्रतिवादी  श्रेष्ठलाई बिगो रु ६ लाख जाहेरवालालाई भराई बिगो बमोजिम रु. ६ लाख जरिवाना, क्षतिपुर्ती शुल्क रु. २४ हजार राहत कोषमा जम्मा गराई २ दिन कैद हुने ठहर भएकाे थियाे ।

हाल सम्म फरार रहेको हुँदा प्रतिवादीलाई बिषेश प्रहरी टोलीले मिति २०८०।०२।०७ गते पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

स्विजरल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. ११ दशबिगा बस्ने वर्ष ४६ की पार्वती थापा समेतले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड जान रु. ७ लाख २० हजार रुपैयाँ लाग्छ, स्वीजरल्याण्ड पुगेपछि सुपरमार्केटमा प्याकिङको काम लगाइदिन्छु मासिक रु. १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिइन् ।

पीडितबाट पटकपटक गरी जम्मा रु. ७ लाख २० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकी थिइन् । वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले थापाको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।०८ गते का.म.न.पा. वडा नं. २६ गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.