बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2023 Jan 11 | 08:43 am 1117

बर्दिया, पुस २७ः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका-८ बस्ने धर्मराज जैसी रहेका छन् ।

सम्मानित उच्च अदालत पाटनको मिति २०७६/११/१२ गतेको फैसला आदेशले बैंकिङ कसुर मुद्दामा रू.१२ लाख ९९ हजार ७ सय  जरिवाना सजाय तोके पश्चात् फरार उनलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०९/२५ गते लुकिछीपी बसेको अवस्थामा घर वतनबाटै पक्राउ गरेकाे हाे ।

पक्राउपछि आवश्यक कारबाहीको लागि मिति २०७९/०९/२६ गते सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा पेश गरिएकोमा निजले तोकिएको जरिवाना तिर्न नसकी सम्मानित अदालतको आदेशले जरिवाना वापतको कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाईएको प्रहरी निरीक्षक हृदेश कुमार सापकाेटाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.