बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 08 | 08:28 pm 1077

बर्दिया, कात्तिक २२ः बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया  नगरपालिका-१२ बस्ने ईदु साई रहेका छन् ।

सम्मानित उच्च अदालत पाटनको मिति २०७९/०१/०४ गतेको फैसला आदेशले बैंकिङ कसुर मुद्दामा रू. ४ लाख ९० हजार १ सय जरिवाना सजाय तोकिएको थियाे ।

फरार प्रतिवादीलाई प्रहरी टोलीले मिति २०७९/०७/२२ गते लुकिछिपी हिडिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका-०६ स्थितबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित बर्दिया जिल्ला अदालतमा बुझाईएकोमा तोकिएको जरिवाना तिर्न नसकी सम्मानित अदालतको आदेशले कारागार कार्यालय बर्दियामा पठाईएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.