काठमाडाैं, साउन १९ः बैंकिङ् कसूर मुद्दाका फरार एक अभियुक्तलाइ केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं.३ पन्चकन्या मार्गका ६२बर्षीय ठाकुर प्रताप थापा रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिबादी ठाकुर प्रताप थापालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियाे ।
अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी देव विकाश बैकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७६।०५।०३ गते थापाको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३९ लाख ९६ हजार ४ सय जरिवाना सजाय हुने गरी फैसला भएको बताइएकाे छ ।