काठमाडाैं, असार २०ः बैंकिङ् कसूर मुद्दाका फरार एक अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापा साविक बैगुनधुरा गाविस. वडा नं.९ स्थायी बासस्थान जिल्ला मोरङ्ग, बाहुनी गा.वि.स वडा नं.८ साविक वेलबारी नगरपालिका वडा नं.७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु बस्ने शक्ति भुजेल रहेका छन् ।
रोशन कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शक्ति भुजेल भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७७।११।०५गतेको फैसलाले उनलाई १४(चौध) दिन कैद र ९२ (बयानब्बे) लाख जरिवाना गरी हुने ठहर भएको थियाे ।
उक्त सजाय वेरुजू रही फरार रहेकोले अभियुक्तलाई ड्युटिमा खटीएका ब्यूराेकाे टोलिले मिति २०७८/०३/२० गते बोहोराटार काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको बताइएको छ।
भुजेलले २०७६ सालमा विभिन्न व्यक्तिहरुलाई अष्ट्रेलिया पठाइदिन्छु भनि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिहरुलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडींत जाहेरवालालाई ९२ लाख रुपैंया बराबरको चेकहरु काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन
२०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको ब्यहोरा जानकारी गराईएकाे छ।