बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2021 Sep 30 | 07:13 pm 1905

काठमाडाैं, असाेज १४ः बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं.६ बस्ने ६७ वर्षीय नारायण भक्त संगत रहेका छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७।१०।२७ गते निज प्रतिवादीको हकमा बैंकिङ्
कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र १० लाख रुपैंया जरिवाना ठहर भएकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला
कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले निज प्रतिबादीलाई का.म.न.पा.७ सिफल,काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.