काठमाडाैं, असाेज १ः बैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा.वडा नं.१० घर भई हाल भक्तपुर मध्यपुरठिमी न.पा.वडा नं.९ बोडे बस्ने वर्ष ३२ को हिरालाल श्रेष्ठ रहेका छन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७८।०३।२९ गते निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र २५ लाख जरिवाना ठहर भएकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले निज प्रतिबादीलाई ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूराेले जानकारी दिएकाे हाे ।
।