काठमाडाैं, भदाै ३०ः बैंकिङ् कसूर मुद्दाका फरार दुई प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. २९ बस्ने बर्ष ३६ को बिनम श्रेष्ठ र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.१ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं.१४ बल्खु बस्ने वर्ष ४८ को प्रकाश श्रेष्ठ रहेका छन् ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी क्रमश: बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी फरार रहेका निम्न प्रतिवादीहरुलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले काठमाडौं र रुपन्देहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूराेले जानकारी दिएकाे हाे ।