बैंकबाट पैसा झिकेर फर्किंदै गर्दा १७ लाख लुटियो

| 2018 Jul 10 | 05:33 pm 3956

 महोत्तरी,  २६ असार : महोत्तरीमा अज्ञात समूहद्वारा एक युवकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ । बैंकबाट पैसा झिकेर फर्किने क्रममा सञ्जिव शाहको साथबाट रकम लुटेको हो ।

उनी मनी ट्रान्सफरका सञ्चालक हुन् । रकम निकालेर सरपल्लोतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको प्रहरीको भनाइ छ । लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.