बेहाेस भएका एक छात्राकाे उपचारकाे क्रममा मृत्यु, थप ९ छात्रा बेहाेस

रिपोर्ट नेपाल | 2019 Aug 28 | 01:25 pm 2132

पाल्पा, भदाै ११: बुधबार रम्भा गाउँपालिकामा एक जना छात्राको एक्कासी बेहोसपछि मृत्यु भएको छ । स्थानीय रम्भा माध्यमिक विद्यालय रम्भा गाउँपालिका ताहुँमा कक्षा १० मा अध्ययनरत कमला फालकाे आज (बुधवार) बिहान पौने ८ बजे ट्युसन पढ्न आउने क्रममा विद्यालयकै नजिकै एक्कासी बेहोस भएको विद्यालयले जानकारी दिए ।

उनी बेहाेसपछि उनका ९ जना साथीहरु समेत रुदाँरुदै बेहोस भएका विद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताए ।

बेहोस भएकी छात्रा फालको प्राथमिक स्वास्थय केन्द्र ताहुँमा उपचार सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पठाइएकोमा उनको लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै निधन भएको प्रधानाध्यापक अर्यालले जानकारी दिए ।

बेहोस भएकाहरु मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.