बेल्जियमको दोस्रो गोल

| 2018 Jul 14 | 09:27 pm 2143

काठमाडौं, असार ३०: बेल्जियमले इंग्लयाण्डविरुद्ध दोस्रो गोल गरेको छ। जारी विश्वकपको तेस्रो स्थानका लागि भइरहेको खेलमा बेल्जियमले अग्रतालाई दोब्बर बनाएको हो। दोस्रो हाफको खेल जारी रहँदा बेल्जियम २–० को अग्रतामा छ ।

८२ औं मिनेटमा हजार्डले अग्रता दोब्बर पारेका हुन् । त्यसअघि चौथो मिनेटमै थोमस म्युनिरले गोल गरेका थिए । फाइनल पुग्न नसकेका दुई टिम इंग्ल्याण्ड र बेल्जियमबिच तेश्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सेमिफाइनलमा चुकेका दुई टिम सेन्ट पिटर्सबर्गमा अहिले भिडिरहेका हुन् । सेमिफाइनलमा फ्रान्ससँग बेल्जियम १–० ले पराजित भएको थियो । यस्तै सुरुमा अग्रता लिएर पनि युवा खेलाडीले भरिएको इंग्ल्याण्ड क्रोएसियासँग पराजित भएको थियो । इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले भने पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

इंग्ल्याण्ड र बेल्जियम समूह चरणमा एउटै समूहमा थिए । समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको थियो ।

फाइनलमा पुगेका फ्रान्स र क्रोयसिया भने आइतबार उपाधीका लागि भिड्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.