काठमाडौं, पुस २ : शनिबारबाट सुरु भएको कांग्रेस महासमिति बैठक बेलुकी सात बजेसम्मकाे लागि स्थगित गरिएको छ।
सभापति शेरबहादुर देउवाले सोमबार बिहान सुरु भएको बैठकको कार्यबाहक विजयकुमार गच्छदारलाई दिन लागेपछि महासमिति बैठकका सहभागीहरूले चर्को हुटिङ गरेका थिए। तर बैठकका सहभागीले चर्को नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो।
विधान मस्यौदासहित बन्द शत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक नीतिसम्बन्धी प्रतिवेदन, संगठन सम्बन्धी प्रतिवेदन र आयव्यय सम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन्।
सिंहदरबारमा जारी केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी छ। केन्द्रीय समितिले विधान मस्यौदा पारित गरेपछि महासमिति बैठकको बन्द शत्रमा प्रस्तुत गरिनेछ।
आज छ जना प्रतिनिधिले आफ्नो धारणा राखेका थिए। महासमिति बैठक पुस तीन गतेसम्म चल्नेछ। अहिले नेताहरु आउने क्रम जारी रहेको छ ।