बेलायतमा जोन्सनको आगमन प्रति गोर्खालीको उत्साह

रिपोर्ट नेपाल | 2019 Jul 25 | 03:46 pm 12111

काठमाडौं, साउन ९: बेलायतमा टेरेजा मे को राजिनामापछि रिक्त रहेको प्रधानमन्त्रीको रुपमा कन्जरभेटिभ पार्टीका बोरिस जोन्सनले सपथ लिएपछि बेलायती सेनाबाट अवकास प्राप्त नेपाली सेनाहरुले खुशी व्यक्त गरेका छन् ।

विगत लामो समयदेखि बेलायती नागरिक सेना सरह गोर्खालीको पनि पेन्सन हुनुपर्ने माग राख्दै आएका गोर्खालीको आन्दोलन प्रति जोन्सनले एक्यबद्धता जनाएका थिए । बेलायतको संसद भवन अगाडी भएको आन्दोलनमा जोन्सनका अलवा ओस्कर विजेता हलिउडकी सपुरस्टार जोहना लुङ्लेले पनि गोर्खाली सेनामाथि अन्याय भएको भन्दै आन्दोलनमा सरिक भएकी थिइन ।

जोन्सनको नियुक्तिपछि आफूहरुको माग पूरा हुने कुरामा आशावादी रहेको अवकास प्राप्त सेनाका इन्जिनीयर बसन्त भुजेलले बताए । उनका अनुसार प्रधानमन्त्री जोन्सनले गोर्खालीको पीर मार्का र अन्यायमा परेको राम्रोसँग बुझेकाले आफूहरुले अब बेलायती सरह पेन्सन पाउने कुरामा दुईमत छैन ।

हामीले बेलायतको संसद भवन अगाडी गरेको प्रदर्शनमा जोन्सन सरिक भएर आयो गोर्खाली भन्दै नारा लगाएको पनि भुजेलले रिपोर्ट नेपाललाई बताए । प्रधानमन्त्री जोन्सनले आफ्नो देशको नागरिक मात्र नभएर सबै नागरिकको अधिकार बराबर हुनुपर्छ भन्‍ने मान्यता राख्‍ने नेता भएकै कारण भारी मतले विजय भएको भुजेलको तर्क रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.