एजेन्सी, चैत १४: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
प्रधानमन्त्री जोन्सनले केही समय अघि सामाजिक संजालबाट एक भिडियो ट्विट गर्दै आफूलाई कोरोनाको सामान्य लक्षण देखिएको, निरन्तर खोकी लागेको र शरीरको तापक्रम बढेको बताएका छन् ।
उनले यस्तो लक्षण देखिएपछि उनका प्रमुख स्वास्थ्य सल्लाहकारको सुझाव अनुसार कोरोना जाँच गराउँदा पोजेटिभ देखिएको बताएका छन् ।
उनले अहिले आफू सेल्फ आइसोलेसनमा रहेको र घरबाटै काम गरिरहेको बताएका छन् ।
.png)