बेपत्ता भनिएका प्रहरी जवान साउदको शव फेला

रिपोर्ट नेपाल | 2020 Oct 20 | 04:31 pm 2059

कैलाली, कात्तिक ४ः गत शनिबारदेखि बेपत्ता भनिएका प्रहरी जवान रामबहादुर साउदको शव दुई दिनपछि फेला परेको छ ।

विभत्स तरिकाले हत्या गरेको अवस्थामा नेपाल–भारत सीमामा पर्ने मोहना नदीमा उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक संगै गस्तीमा गएका बेला तस्करहरुले दुबै जनाको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल-भारत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो।

बेपत्ता भएदेखि उनको सशस्त्र प्रहरीको गोताखोर टोलीसहितले कैलाली र कञ्चनपुर प्रहरीले खोजतलासी जारी राखेका थियो । हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.