बेनी–जोमसोम सडकखण्ड सुख्खा पहिरोले सडक अवरुद्ध

रिपोर्ट नेपाल | 2019 Dec 27 | 09:18 am 2311

मुस्ताङ, पुस ११: बेनी–जोमसोम सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको बुझिएको छ।

बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका स्काभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारीसाधन बिच बाटोमै रोकिएका छन्।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटक समस्यामा परेका छन्।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ। यो ठाउँमा पटकपटक पहिरो खस्ने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.