बेनिघाटमा बोलेरो दुर्घटना हुँदा १० घाइते, ३ को अवस्था गम्भीर

| 2018 Aug 07 | 06:31 pm 2420

धादिङ, साउन २२ : धादिङको बेनिघाट रोराङ गाउँपालिका -५ मा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनिघाटबाट गोरखा फुजेलतर्फ जाँदै गरेको बा १३ च ७७०१ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये गोरखा जिल्ला गण्डकी गाउँपालिका ५ बस्ने ३५ वर्षकी मधु पन्थ, ४५ वर्षकी एकमाया थापा मगर, ४५ वर्षकी बेनीमाया श्रेष्ठकाे अवस्था  गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकाहरूलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ । अन्य ७ जना घाइतेहरूको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.