बेच्न लैजाँदै गरेको १३५ लिटर घरेलु मदिरा प्रहरीद्वारा बरामदपछी नष्ट

रिपोर्ट नेपाल | 2019 Apr 26 | 06:31 pm 1387

गुल्मी, बैशाख १३ : गुल्मीको सत्यवती गाउपालिका जोहाङमा घरेलु मदिरा नियन्त्रण गर्ने अभियानलाई तिब्र पारिएको छ । अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीबाट मोटरसाईकल गस्तिमा खटिएको प्र.ना.नि. खुम बहादुर कुवँरको टोलिले रुरुको रिमुवा देखि खैरेनी लैजाने रक्सि बरामद गरेको छ ।

रुरु गाउँपालिका वडा नं. ६ रिमुवाबाट बिक्रि वितरणको लागि सत्यवती गाउँपालिका वडा नं. ६ खैरेनी बजार तर्फ ल्याउँदै गरेको १३५ लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।

मदिरा बिक्रि वितरणमा संलग्न युवतीहरुलाई आगामी दिनमा अन्य पेसा व्यवसाय गर्ने सर्तमा कागज गराई छोडिएको प्रहरीले जनाएको छ ।

घरेलु मदिराका कारण समाजमा झै झगडा तथा अशान्ती फैलिने गरेकोले नियन्त्रणको लागी सक्रिय भएको इलाका प्रहरी कार्यालय जोहाङले जनाएको छ । यसअघि पनि प्रहरीले विभिन्न समयमा घरेलु मदिरा बरामद गरि पटक पटक नष्ट गर्दैै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.