बेगनासमा डुंगा दुर्घटना: अन्‍य ६ जनाको शव भेटियो

रिपोर्ट नेपाल | 2018 Sep 09 | 01:07 pm 2290

पोखरा- पोखरास्थित बेगनास तालमा शनिबार भएको दुर्घटनामा हराइरहेका अन्‍य ६ जनाको पनि शव भेटिएको छ।

नौ जना सवार डुंगा पल्टिँदा दुर्इ जनाको शनिबार मृत्यु भएको थियो भने अन्य ६ जना हराइरहेको आइतबार शव भेटिएको हो। पोखरालेखनाथ महानगरपालिका-२८ की कृष्णकुमारी बजगाइँ र जमुना कडेंल शनिबार नै सनाखत भएको थियो।

डुंगामा सवार तीन जनाको भने जिवितै उद्दार गरिएको थियो। उद्दार गरिएका सपना खनाल, निशा पौडेल र कमलराज कडेंललार्इको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको रानाले बताए।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए। डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रहरीले जनाएको छ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन्। बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरी प्रमुख रानाले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.