बृद्धभत्ता चाेरी गर्ने एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 30 | 01:11 pm 1996

कपिलवस्तु, बैशाख १८ः जिल्लाकाे शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षा (बृद्धभत्ता) बापतकाे रकम चाेरी गरेकाे आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा शिवराज –४ चनइका ४५ वर्षीय अमिन मियाँ रहेका छन् । उनले शिवराज ६ सुगानगरकी ७८ वर्षीया वृद्धाकाे सामाजिक सुरक्षावापतको रकम १२ हजार चोरी गरी फरार रहेका थिए ।

मियाँले उक्त पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

मियाँले वैशाख १४ गते रकम चोरेर फरार रहेका थिए । अभियुक्तलाई पक्राउ गरी वडा प्रहरी कार्यालयमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.