बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेर फरार भएका एक युवक पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 10 | 10:35 am 1989

लहान, मङ्सिर  २४ : एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवान्पुर सिरहाबाट खटिएको गस्ती टोलीले बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा फरार सिरहाको भगवान्पुर गाउँपालिका–३ निवासी ३८ वर्षीय अजयकुमार यादवलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिररहेको अवस्थामा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विसं २०७५ कात्तिक ३० गते रातिको समयमा घरमा कोही नभएको मौका छोपी छिमेकी ३८ वर्षीय महिलालाई बलात्कार गरी ती महिलाकी ६८ वर्षीया सासूको हत्या गरेको यादवमाथि आरोप छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.