म्याग्दी, माघ ३ः आफ्नै बुहारी २८ वर्षीया अनिता रानाको हत्या गरेको अभियोगमा धौलागिरी गाउँपालिका-३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा भण्डारीले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।