बुटवल, साउन २२: बुस्टर फिड इन्डष्ट्रिज प्रालिका संचालक गोपाल टण्डनले कम्पनीले उत्पादन गरेको कुखुराको दाना सर्वाधिक गुणस्तर भई कृषकले अत्यधिक मन पराएको बताएका छन् ।
संचालक टण्डनले एक विज्ञप्ती जारी गर्दै इन्डष्ट्रिजले उत्पादन गरेको दाना र यसले लिएको बजारसँग केहि तत्व अत्तालिएर कपोकल्पीत कुरा सार्वजनीक गर्दै केहि संचार माध्यमलाई समाचार सम्प्रेषण गरेकोमा आपत्ती जनाउदै कम्पनीको दाना गुणस्तरहिन भएको देखाउन चुनौती दिएका छन् ।
विगत १७ बर्ष देखि निरन्तर दाना उत्पादन गर्दै कुखुरा पालक कृषकलाई गुणस्तरीय दाना उपलब्ध गराएको कम्पनीलाई बदनाम गराएर आफ्नो व्यक्तिगत तुष्टि पुरा गर्ने तत्वलाई वास्तविक बुझ्न समेत संचालक टण्डनले चुनौती दिएका छन् ।
६ जिल्लाबाट शुरु भएको बुस्टर कम्पनीको दाना गुणस्तरीय भएकै कारणले हाल ६० जिल्लामा अत्यधिक माग भएको टण्डनको भनाई रहेको छ ।
जारी विज्ञप्ती पछि रिपोर्ट नेपालले क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लिएको दानाको विषयमा राखेको जिज्ञासामा संचालक टण्डनले दानाको गुणस्तर कायम गर्नका लागि कच्चा पदार्थको ल्याब परिक्षण गरी प्रोसेसिङमा जाने र उत्पादित दानाको समेत पुनः गुणस्तर चेकजाच गरेर मात्र बजारमा पठाउने गरेको बताए ।
संचालक टण्डनले झण्डै १५ महिना अघि गुण नियन्त्रण कार्यालयले उत्पादित दानाको नमुना लिने क्रममा भुलबस वेष्टेज दानाको रिपोर्ट तयार भएको र पछि वास्तविकता देखाइएपछि कम्पनीलाई गुणस्तरको प्रमाण पत्र, अनुज्ञा पत्र समेत प्राप्त भएको कुरा नबुझि भ्रामक समाचार सम्प्रेषण गरीएको जनाएका छन् ।
त्यस बखत चेकजाँचका लागि आएका प्राविधिकले बजार पठाउन तयार पारीएको दानाको नमुना लिनुपर्नेमा कम्पनीको ल्याब रुममा वेष्टेजको रुपमा रहेको लेयर्सको दाना लगेर ब्रोइलर कुखुराको मापदण्ड अनुसार मापन गरेकोले प्रोटिनमा कमी देखिएको थियो ।
भुलबस नमुना परिक्षण गर्दा प्राविधिकले वास्तविक नमुना परिक्षण नगरेको जानकारी पाएपछि पुनः केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालयमा नमुना संकलन गरी जाँच गर्दा दाना मापदण्ड भन्दा पनि उच्च कोटिको पाएपछि गुणस्तरमा अब्बल भएको प्रमाणित भएको छ ।
राज्यको चौथो अंगका रुपमा रहेको सम्मानीत पत्रकारीता जस्तो मर्यादित पेशामा लागेका संचारकर्मी र संचार गृहले वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नु पर्नेमा कसैको गलत सूचनाका आधारमा सम्प्रेषण गर्नु पत्रकारीताको धर्म विपरीत हुने टण्डनको भनाइ रहेको छ ।
संचालक टण्डनले कम्पनीको दाना माथि शंका उपशंका लागेमा चौवीसै घण्टा आएर चेकजाँच गर्न समेत आग्रह गरेका छन् । एक बर्ष अघिको कुरालाई यतिखेर आएर समाचार बनाउनु नै गलत चिन्तन र डाहा प्रवृत्तिको मान्छेले तुष्टिलिन गरेको कार्य भएको टण्डनले बताएका छन् ।