बुवाले मासु काट्ने दाउले घटिमा हानी गरे १७ वर्षे छोराको हत्या

रिपोर्ट नेपाल | 2018 Aug 01 | 04:13 pm 1749

भक्तपुर, साउन १६ : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकनथली, रमाइलो चोकमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । मंगलबार राति घरायसी विवाद हुँदा ४० वर्षय डिल्लीराम चापागाईँले १७ वर्षका छोरा सागरको हत्या गरेका हुन् ।

स्थाई घर मोरङ्गको सोनवर्षा नगरपालिका–१ मा भएको डिल्लीरामले छोरा सागरलाई मासु काट्न प्रयोग गरिने दाउले प्रहार गरेका भक्तपुर प्रहरीले बताएको छ । सागरको घाँटी आधा काटिएको र उनको घटनास्थलमै ज्यान गएको गएको समेत प्रहरी जनाएको छ ।

सागरको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.