बुधबार सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2019 Jun 04 | 09:35 pm 2131

काठमाडाैं, जेठ २१: सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इद उल फित्र’को अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को यसअघिको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि मुस्लिम आयोगको सिफारिसमा भोलि बिदा दिइएको हो ।

गृह मन्त्रालयले बिदासम्बन्धि औपचारिक जानकारी गराएको छ ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन अनुरोध गरेको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए ।

(विज्ञप्ती)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.