चितवन, पुस १० : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चितवन आउने भएकी छन् । राष्ट्रपति भण्डारी भोलीदेखि शुरुहुने हात्ती महोत्सवको उद्घाटनको लागि आउने सुरक्षा स्रोतले जनाएको छ ।
राष्ट्रपतिले सौराहामा हुने हात्ति महोत्सवको उद्घाटनका लागि आउने भएपछि सौराहा एरियादेखि पूर्वी चितवनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ–आफ्नो किसिमबाट सुरक्षा चेकजाँच गरिरहेका छन् । राष्ट्रपतिको सुरक्षाका लागि सादा पोशाकदेखि राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीले समेत निगरानी बढाइरहेका छन् ।