बुधबार नेपालमा २५ जना कोरोना भाइरसको संक्रमित थपिए, कुल संख्या ४ सय २७

रिपोर्ट नेपाल | 2020 May 20 | 04:54 pm 1792

काठमाडौं, जेठ ७ः नेपालमा बुधबार २५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएकाे जानकारी अनुसार  ३ देखि ४८ वर्षका २५ जना संक्रमित थपिएको जनाए ।

आज थपिएका संक्रमित सँगै कुल संख्या ४ सय २७ पुगेका छन् । जसमध्ये ३ सय ५८ पुरुष र ६९ जना महिला रहेका छन् ।

देवकोटाकाअनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएको बताए। हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण ३५ हजार ४ सय ९४ र आरडीटीबाट ७५ हजार ७२ जनाको परीक्षण गरिएको डा देवकोटाले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.