बुधबार देखि काठमाडौं उपत्यका पुनः एक साता लकडाउन

रिपोर्ट नेपाल | 2020 Aug 18 | 08:22 pm 2347

काठमाडौं, भदौ २ः भदौ ३ गते बुधबार देखि काठमाडौं उपत्यकामा पुनः एक साता लकडाउन हुने भएको । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकमा ती जिल्लाका प्रजिअले सरकारसँग यसबारे सिफारिस गरेका थिए।

जसअनुसार उपत्यकामा चल्दै आएका सार्वजनिक यातायातका साधन पनि बन्द हुनेछन्। खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिने जनाएको छ ।

पछिल्लो समयमा देशभर कोरोना संक्रमण फैलिदै गएको छ भने उपत्यकामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । लकडाउन जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.