बुधबार थप १ हजार १ सय ७२ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 23 | 04:41 pm 2243

काठमाडौं, असाेज ७: बुधबार देशभर थप एक हजार १ सय ७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले  उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभरकाे विभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थपिएका हुन्।  योसँगै देशभर कोरोना संक्रमितको संख्या बढेर ६७ हजार ८ सय ४ पुगेको छ।

बुधबार मात्र देशभरबाट १ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.