बुटवल -पाल्पा सडक खण्ड सञ्चालनमा

रिपोर्ट नेपाल | 2018 Jul 29 | 05:32 pm 1904

बुटवल, साउन १३ : अविरल वर्षाले पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल –पाल्पा सडक खण्ड सञ्चालनमा आएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध सडक भरखरै सञ्चालनमा आएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल जनाएको छ । सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन अहिले सञ्चालनमा आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.