बुटवलमा निर्वाचन अधिकृतविरुद्ध धर्ना

| 2022 Oct 14 | 01:57 pm 1241

बुटवल, असाेज २८ः निर्वाचन आयोगले दुई उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि न्याय माग्दै बुटवलमा धर्ना शुरु भएको छ । जनताको उम्मेदवारलाई न्याय दे भन्दै युवाहरूले धर्ना सुरू गरेका हुन् ।

लौरो अभियानका उम्मेदवार डा.कमल भुसाल (निकोलस) का समर्थक र नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङका समर्थकहरूले संयुक्त रूपमा धर्ना सुरू गरेका हुन् ।

रुपन्देही क्षेत्र न २ को निर्वाचन अधिकृतले राजनितिक प्रभावमा परेर उम्मेदवारी खारेज गरेको भन्दै लौरो अभियानका समर्थक र राजु गुरुङका समर्थकले निर्वाचन कार्यालय रहेको गेटमा धर्नामा बसेका छन् ।

धर्ना बस्नेहरूले बिभिन्न प्ले कार्ड बोकेका छन् । प्ले कार्डमा निर्वाचन अधिकृत हो की आदेश पालक, निर्वाचन आयोग जनताको उम्मेदवार खोइज ?, रातारात हस्ताक्षर चोरी राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ? लगायतका नारा लेखिएका छन् ।

डा. कमल र गुरुङको उम्मेदवारी बदनियतपूर्ण तरिकाले खारेज गरिएकाले उम्मेदवारी कायम गर्न अपिल समेत गरेका छन् । धर्नामा बसेकाहरूले न्याय नपाएसम्म धर्ना नछोड्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.