बुटवलमा नक्कली बम फेला

रिपोर्ट नेपाल | 2019 Jun 25 | 12:55 pm 1870

बुटवल असार १० । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको बि टि आई अगाडी र होराइजन चोकमा नक्कली बम फेला पारेको हो ।

प्रदेशको मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय,प्रदेश प्रमुखको कार्यालय लगायतका सरकारी कार्यालय रहेको स्थानबाट करिब डेढ सय मिटरको दुरीमा टाइम बम लेखिएको कागजको डिब्बमा रहेको नक्कली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान पौने छ बजेनै डिस्पोज गरेको छ ।

त्यसैगरी सिद्धार्थ राजमार्गमै पर्ने बुटवलको होराइजन चोकमा फेला परेको नक्कली बम भने जनपद प्रहरीलेनै हटाएको स्थानीय सूरक्षा निकायले जनाएको छ । बिहान ६ बजे तिर फेला परेको टिनको डब्बामा रहेको सो नक्कली बम जस्तो देखिएकोले त्यसलाई ७ बजेतिर प्रहरीले हटाएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बुटवलको बि टि आई चोकमा संकास्पद बस्तु भेटिएको र त्यसलाई निस्कृय पारिएको जानकारी दिए । होराइजनचोकमा भेटिएको संकास्पद टिनको डिब्बा भित्र भने बालुवा मात्रै भएको प्रनाऊ भट्टराईले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.