बुटवलकी संगीताले नेत्रदान गर्ने

रिपोर्ट नेपाल | 2018 Dec 19 | 05:43 pm 2932

बुटवल, पुस ४ :  रुपन्देहीलाई कर्मक्षेत्र बनाएर विभिन्‍न व्यवसाय गर्दै आएकी एक युवा उद्यमीले मरणाेप्रान्त नेत्र दान गर्ने भएकी छन् । गुल्मी जिल्लामा जन्मीएर विभिन्‍न सामाजिक संस्थामा सकृय संगीता अर्यालले आफ्ना परिवारलाई अनुरोध गर्दै आफुले भैरहवास्थित रण अम्बिका शाह आँखा अस्पताललाई मृत्यु पश्‍चात् नेत्रदान गर्ने भनेर घोषणा गरेकीले मृत्यु हुनासाथ खबर गरिदिन आग्रह गरेकी छन् ।

Image may contain: 1 person

हिन्दु धर्म प्रति आस्थावान अर्याल सबै धर्म र भाषालाई समान दृष्टिले हेर्ने गरे पनि उनी हिन्दु धार्मिक संस्थाहरुमा उत्तिकै सकृय छन् । परोपकारी चरित्र भएकी संगीताको यो मानवीय कार्यको रुपन्देहीमा प्रशंसा गरिएको छ ।

Image may contain: text

समाजसेवी संगीताले आफ्नो फेसबुक वालमा नेत्रदान महान दान भनेकी छन् । आफू मरेपछि कसैलाई काम लाग्‍ने मेरो दुई नेत्र जलाएर के पाउँछ ? आफ्नो मृत्यु पश्‍चात् पनि आफ्ना आँखाले अरु कसैले यो संसार देख्‍ने भन्दै उनले लेखेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.