बुटवलका मेयरले दुई दिनमै देखाए कमाल

रिपोर्ट नेपाल | 2022 May 27 | 02:01 pm 2025

काठमाडौं, जेठ १३ः विगत लामो समयदेखि धुँवा धुलोबाट आजित बनेका बुटवलबासीलाई नवनिर्वाचित नगरपिता आएपछि राहत मिलेको छ । सडक फराकिलो बनाउने क्रममा निर्माण व्यवसायीले सडक भत्काएर छाडेपछि बुटवलबासीले धुलो खान बाध्य भएका थिए ।

No description available.

समाज रुपान्तरणको नारा दिने पूर्व मेयरबाट कुनै राहत नपाएपछि सधै सडकमा खट्ने खेलराज पाण्डेलाई मतदान गर्न स्थानीय बाध्य भए । नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सपथ खाएको चौबीस घण्टा बित्न नपाउँदै सम्बन्धीत कम्पनीलाई बोलाएर सडक बनाउन निर्देशन दिएपछि अहिले बुटवलको सडक तिब्र गतिमा निर्माण भइरहेको छ ।

चौहार देखि गोलपार्कसम्म निर्माण हुने उक्त सडक नगरपिता पाण्डेको निर्देशनमा काम गर्न सुचारु भएको एक ठेला व्यवसायीले रिपोर्ट नेपाललाई बताए ।

काम गर्न इच्छाशक्ति देखाउने हो भने काम तुरुन्तै बन्दो रहेछ भन्ने कुराको प्रमाण बुटवल सडकले देखाएको छ । यस अघिको निर्वाचनमा झिनो मतले पराजय भोगेका पाण्डेलाई जिताउन यस पटक विगतमा सूर्यमा मतदान गरेका थुप्रै श्रमिक लागेका थिए ।

स्मरण रहोस् प्रमुख पाण्डे कुनै पदमा नहुँदा पनि बुटवलको विकासका लागि अहोरात्र लाग्ने नेता हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.