बीपी कोइराला सामान्तवादका बिरुद्ध लडिरहन्थेः प्रो.आनन्दकुमार

| 2023 Sep 11 | 03:57 pm 1741

काठमाडौं, भदाै २५ । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का प्राध्यापक आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादका बिरुद्ध लडिरहेको बताएका छन् ।

आइतबारदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. नगरमा शुरु भएको ‘बीपी साहित्य सम्मेलन –२०८०’को दोश्रो दिन माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्दै बीपीले पूँजीवादबिरुद्ध डण्डी चलाएको बताए ।

उनले पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरुले पूँजीवादमा पार्टी संचालन गरिरहेको बताए । ‘लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ ।, जसले गर्दा भारतमा भन्दा नेपालमा एक स्टेप अघि रहेको छ’, प्रा.आनन्दकुमारले भने । जातिविहिन समाज समाजवादमा मात्र सम्भव हुने बताउँदै उनले उदाहरणका लागि प्रदीप गिरीको आश्रममा देखेको भन्दै उनले घरमा भान्से दलित समुदायको व्यक्ति राखेर देखाएको बताए । उनले राजनीतिमा द्रुत एक्सन र धैर्यता दुबै बीपीमा रहेको बताए । कार्यक्रमको शंकर तिवारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.