बिहीबार बिहान नेपालमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 May 21 | 07:46 am 1694

काठमाडाैं, जेठ ८ः बिहीबार बिहान नेपालमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा गरीएकाे परिक्षणमा थप १७ जनामा काेराेना पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाकाे कचनकवल गाउँपालिका- ३,६,८ का १८, १८, १९, १९, २२, २३, २५, २६, २६, २८, ३०, ३२,  ३७ र ४६ वर्षका पुरूष रहेका छन् ।

त्यस्तैगरि, धनकुटाका ३४ वर्षीय पुरूष, सुनसरीको धरान उपमहानगरपालिका निवासी  ५१ वर्षीया महिला रहेका छन् । याेसँगै नेपालमा संक्रमितकाे संख्या ४४४ पुगेकाे छ ।

संक्रमितहरुमध्ये २ जनाको निधन भइसकेको छ भने ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.