काठमाडौँ, साउन २ : सरकारले सत्याग्रहमा बसेका डा. गोविनद केसीको मागप्रति बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आक्रोशित भएको छ ।
जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा। डा। गोविन्द केसीको माग सरकारले बेवास्ता गरेको भन्दै बिहीबार देशैभरका स्वास्थ्यसेवा बन्द गर्ने निर्णय संघले गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा संघले देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने जानकारी दिएकौ छ ।
राजधानीमा रहेका स्वास्थ्यकर्मीहरु दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले उक्त पत्रकार सम्मेलनमा बताए ।