काठमाडौं बैशाख १३ : कोरोना संक्रमण उच्च बृद्दी भएको भन्दै सरकारले काठमाडौँ उपत्यकामा लकडाउन गर्ने भएको । लकडाउनक कारण आफ्नो घर जान चाहने नागरिकलाई सहज होस् भन्ने उद्देस्यले घर जानका लागि दुई दिनको समयसमेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले आगामी बैशाख १६ गते देखि कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने बताए।
आज काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो।
कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि प्रजिअ पराजुलीले रिपोर्ट नेपाल लाई बताए।
लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ। त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।