बिवाह गर्ने प्रलोभन देखाउँदै किशोरीमाथि लगातार बलात्कार

रिपोर्ट नेपाल | 2019 Apr 29 | 04:01 pm 1717

नवलपरासी, वैशाख १६ : नवलपरासीको कावासोतीमा १६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कावासोती –११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

पछिल्लो समय आशारामले ती बालिकालाई बलात्कार गरेको गाउँलेहरुले देखेपछि प्रहरीमा उजुरी गरेका थिए । श्रीमतीले छाडेपछि माझीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले माझीलाई आइतबार पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो । बालिकालाई भने स्वास्थ्य परीक्षणका लागि पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.