बारा, असोज ११ । जितपुरसिमरा -१ स्थित खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा विरगंजबाट देशका विभिन्न स्थानमा बिना विलका सामानहरु लैजाँदै गरेका ४ वटा ट्रकहरुलाई नियन्त्रणमा लिएको छ । उक्त ट्रकलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी सामानहरु रहेको पाइएको थियो । प्रहरीका अनुसार उक्त चारवटा ट्रकबाट १ करोड ३१ लाख ९५ हजार २५ रुपैया रकम बराबरको सामान बरामद भएको बताइएको छ ।
बिरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना.६.ख.७१ न.को ट्रकमा अन्दाजी ३५ लाख २७ हजार ४ सय ७४ बराबरको समानहरु रहेका थिए ।
त्यस्तै बिरगंजबाट काठमाडाैंतर्फ जादै गरेको बा.४.ख ११२५ नम्बरको ट्रकमा अन्दाजी ३६ लाख ६२ हजार ९ सय ७२ बराबरको समानहरु र बिरगंजबाट रुपन्देहीतर्फ जादै गरेको ना.४ ख ९०९१ नम्बरको ट्रकमा अन्दाजी २४ लाख ९९ हजार ५ सय ७९ बराबरको सामानहरु साथै बिरगंजबाट रुपन्देहीतर्फ जादै गरेको ना. ६ ख ३०२४ नम्बरको डिब्बा ट्रकमा अन्दाजी ३४ लाख ९५हजार बराबरको खुद्रा सामानहरु प्रहरीले बरामद गरेको छ ।