बिलविजक भन्दाबढि सामान बोकेको ट्रक नियन्त्रणमा

| 2022 Dec 19 | 09:09 pm 1713

बारा, पुस ४ः जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट गएराती सशस्त्र प्रहरीले बिलविजक भन्दाबढि सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले वीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ८३३४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

बिलविजक भन्दाबढि औषधी र अन्य सामान बोकेको ट्रकमा करीव ७८ प्रकारका सामाग्री रहेका छन् ।

बरामद सामान तथा ट्रक १ करोड ३९ लाख १४ हजार ४ सय १३ रुपैयाँ कायम गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.