बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षको निधन

रिपोर्ट नेपाल | 2020 Jan 01 | 01:00 pm 2651

झापा, पुस १६: बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको मंगलबार साँझ निधन भएको छ ।

६३ वर्षीय अध्यक्ष भट्टराई २ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएका छन् ।

भट्टराई तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.