बैतडी, माघ २६: जिल्लाको डिलाशैनी गाउँपालिकाको एक एम्बुलेन्समा मरेको चितल फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।
आइतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएपछि नियन्त्रणमा लिएको हो ।
डिलाशैनी गाउँपालिका बैतडीबाट संचालित सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
उक्त एम्बुलेन्स महेन्द्रनगरबाट बिरामी पुर्याएर फर्किने क्रममा गोकुलेश्वरमा चेकजाँच गर्दा एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएको प्रनि साउदले बताए ।
एम्बुलेन्सका चालक महेश बोहरालाई समेत नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गएको जनाइएको छ ।
चालक बोहरामाथि अनुसन्धान भइरहेको र उनीमाथि वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने साउदको भनाइ छ ।