बिराटनगर, साउन २७ : बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो।
विष्फोटबाट त्यहाँ राखिएका सोफा र सिसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ।
मेयर पराजुलीले कुकर बम विस्फोट भएको अनुमान गरिएको जानकारी दिए। ‘यो जनताको कार्यालय हो। कसले विस्फोट गर्यो भन्नेकुरा अनुमान गर्न सकिदैन’, मेयर पराजुलीले भने। प्रहरीले विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ।