बिम्स्टेक सैन्य अभ्यासमा नेपाली सेनालाई भाग लिन नपठाउने निर्णय गर्न सरकारसँग माग

| 2018 Sep 06 | 04:00 pm 1961

काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बिम्स्टेक सैन्य अभ्यासमा नेपाली सेनालाई भाग लिन नपठाउने निर्णय गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै रिजालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सैन्य अभ्यास हुने र बिम्स्टेक राष्ट्रका सेनाप्रमुखहरूको भारतमा सम्मेलन हुने भनेको विषयमा प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा सैन्य अभ्यासबारे निर्णय भएको छैन भन्नुको अर्थ स्पष्ट नभएको बताए।

उनले प्राविधिक र आर्थिक क्षेत्रमा सहकार्य गर्ने क्षेत्रिय संगठनमा सेनाको अभ्यास गर्न नहुने र त्यसमा नेपाल सहभागी हुन नहुने बताए। यो विषयमा बुधबारको बैठकमा नेकपाका सांसद भीम रावलले पनि आपत्ति जनाएका थिए।

रिजालले प्रधानमन्त्री ओलीको निर्वाचन पहिलेको भनाइ र प्रधानमन्त्री भएपछिको काम गराइमा भिन्नता भएको बताए। उनले भने, ‘निर्वाचनको बेला विदेशीसँग आँखा जुधाउँछु भन्ने, प्रधानमन्त्री भएपछि विदेशीको लयमा लय मिलाउने हुन थाल्नुभएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.